play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

हङकङमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि एकको मृत्यु

0

कार्तिक,२५ ।
हङकङमा जारी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदशर्नकारीमाथि सुरक्षाकर्मीले गरेको गोली प्रहारको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । कालो पहिरनमा रहेको र मुखमा मास्क लगाएका एक यृुवकलाई गोली हानिएको दृश्य प्रष्टै देखिएको छ । हङकङमा विगत केही महिनादेखि जारी सरकार बिरोधी प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले ती प्रदर्शनकारी माथि गोली प्रहार गरेको हो । प्रदर्शनकारीहरुले हङकङको म्ुख्य शहर साई वान हो टापुमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको हो । हङकङमा सुपुर्दगी सन्धि खारेज गर्नुपर्ने मागसहित गत जुनदेखि आन्दोलन जारी छ । आन्दोलनकै क्रममा सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

Share.

Leave A Reply