play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एभिसी सेन्ट्रल जोन महिला भलिबलमा नेपाल र अफगानिस्तान भिड्दै

0

कार्तिक २४ ।
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले आज अफगानिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको महिला टिमले लामो समयदेखि नियमित प्रशिक्षणमा छ ।

भर्खरै मात्र थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएको महिला टिमले बलिया टिमसंग मैत्रीपूर्ण भलिबल खेल्ने अवसर पाएको थियो । पछिल्लो समय निरन्तर अभ्यास रहेको महिला टिमले पहिलो एभिसी सेन्ट्रल जोनमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

Share.

Leave A Reply