play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

नेपालबाट भारतमा मदिरा तस्करी गर्ने दुईजना पक्राउ

0

वीरगञ्ज, भदौ,३१ ।
नेपालबाट भारतमा मदिरा ओसार्ने दुईजना भारतीय नागिरकलाई बारा प्रहरीले मदिरासहित पक्राउ गरेको छ । प्रहरीले नेपालबाट भारतमा मदिरा लिएर गइरहेका भारत बिहार मोतीहारी जिल्ला पञ्चायत मझरिया बस्ने ३५ वर्षका तेजनारायण यादव र २५ वर्षीय बिजय कुमार यादवलाइ पक्राउ गरेको हो । साइकलमा लोड गरी लुकाइ छिपाइ भारत तर्फ गइरहेको अवसथामा उनीहरुलाइ सीमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १ कल्याणपुरबाट चेकजाँच गर्नेक्रममा मदिरासहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १ सय २० बोतल कस्तुरी नामक मदिरा बरामद गरेको छ ।

Share.

Leave A Reply