play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

सिनर्जी एफ एमको आयोजनामा आज खुल्ला तीज गीत प्रतियोगिता

0

चितवन, भदौ १४ ।
चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफ.एम ९१.६ मेघाहर्जले हरितालिका तिजको अवसरमा आज खुल्ला तिज गित प्रतियोगीता गर्दैछ । एफ.एमको परिसरमा दिउँसो १ बजे वाट गर्ने खुल्ला तिज गित प्रतियोगीताको तयारी पुरा भएको स्टेशन म्यानेजर रामकान्त पौडेलले जानकारी दिनुभएको छ । सामाजिक उतरदायित्व अन्तरर्गत विभिन्न काम गर्दै आएको सिनर्जी एफएमले यस वर्ष भने पुरस्कार राशि सहित तिजको लहर नाम दिएर मौलीक तिज गित प्रतियोगीता गर्न लागेको हो । स्टेशन म्यानेजर पौडेलका अनुसार चितवन र नवलपुरका विभिन्न स्थान बाट प्रतियोगीतामा सहभागीता जनाउनको लागि टिम दर्ता भाएका छ । मौलिक तिज गितकोे संरक्षण र तिज पर्वको रौनकता बढाउनको लागि आयोजना गरीएको प्रतियोगीतामा प्रथम हुनेले नगद १२ हजार, द्धितिय हुनेले १० हजार र तृतिय हुनेले ८ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने छन् । तिजको लहर २०७६ को मुख्य प्रायोजक बाग्मती प्लाष्ट्रि र बाग्मती राईनोको अधिकारीक विक्रेता ओलि प्लाष्टिक सेन्टर नारयाणगढ, प्रायोजक सेन्टर कलेज अफ भोकेशनल टे«निङ्ग सेन्टर , प्रेमासाई ज्वेलर्स र प्रेमासाई सुनचाँदी पसल रहेका छन् । प्रायोजकहरुमा अक्टोबर एजुकेशन कन्सल्टेन्सी नारायणगढ, भेस्पा र एप्रिलियाको आधिकारीक बिक्रेता डिलाइट लाइफ स्टायल, बैष्णव मिष्ठान्न भण्डार, भिमदेव सुनचाँदी पसल, जय माँ श्री वैभव सुनचाँदी पसल नारायणगढ र नारायणी बराह ज्वेलर्स हङकङ बजार रहेको छ ।

Share.

Leave A Reply