play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

वातावरण र अन्य सामाजिक विकासलाई एकसाथ अघि बढाउनुपर्छ -मुख्यमन्त्री पौडेल

0

चितवन,साउन,१ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक विकाससँगै वातावरणीय लगायत अन्य विकासलाई पनि साथै लैजानुपर्ने बताएका छन । भौतिक विकासमात्रै विकास देख्ने मानसिकताले दीर्घकालीन समस्यामा परीने भएकाले वातावरण र अन्य सामाजिक विकासलाई एकसाथ अघि बढाउनुपर्ने बताए । उनले फोहोरको सही व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । चितवनको भरतपुरमा सरसफाई तथा हरियाली प्रवर्दन कार्यक्रमको आज शुभारम्भ गर्दै पौडेलले कुनै एक क्षेत्रको मात्र नभई सिंगो प्रदेशको चुनौती रहेको बताएका हुन् । फोहोरको मुख्य श्रोत घर भएकाले घरेलु फोहोर घरमै व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए । घरघरमै, टोलटोलमै फोहोर व्यवस्थापन हुनसके यो थोरै खर्चमा दिर्घकालीन पनि हुने बताए । उनले काठमाडौँ सिसडोलको प्रशंग उल्लेख गर्दै फोहोर व्यवस्थापनमा दीर्घकालीन सोचका साथ सरकारले पनि काम गरीरहेकाले स्थानिय स्तरबाट आम नागरीकले पनि सक्दो योगदान दिनुपर्ने बताए । उनले भौतिक विकाससँगै वातावरणीय सौदर्यलाई पनि जोगाउदै अघि बढ्नुपर्नेमा जोड दिए । तीनतहको सरकारले सहकार्यका साथ काम गरिरहेकाले अवको समय प्रचारमुखी नभई परिणाममुखी हुने पौडेलको दावी छ । यस्तै कार्यक्रममा सांसद विजय सुवेदीले वातावरणको संरक्षणमा ध्यान नदिए भविष्य अन्धकारमय हुने उल्लेख गरे । तीव्र भौतिकसँगै आथिक विकास हुदै जाँदा वातावरणीय प्रदुषण पनि बढ्ने भएकाले यसको सही व्यवस्थापन अहिलेको पुस्ताको चुनौती भएको बताए । यस्तै भतरपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरले भौतिक विकाससँगै वातावरण र सामाजीक विकासलाई पनि सँगै अघि बढाएको बताएकी छन । उनले महानगरले कुल बजेटको १० प्रतिशत वातावरण संरक्षणमा छ्ट्याए काम गरिरहेको बताइन ।

Share.

Leave A Reply