play_circle_outline On Air

सिनर्जी पप

play_circle_outline On Air

सिनर्जी पप

एसियन हक्कीमा नेपाल फिलिपिन्ससँग ३–२ गोल अन्तरले पराजित

0

साउन, १ ।
थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको महिला टिमले लगातार तेस्रो हार व्यहोरेको छ । थाइल्यान्डको चोन्बुरी आज फिलिपिन्ससँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपालले तेस्रो हार व्यहोरेको हो । बलियो फिलिपिन्सविरुद्ध नेपालले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालकी निलिमा पाण्डे र देविका विकले एक एक गोल गरिन् । यसअघि नेपाल साविकको विजेता काजकिस्तानसँग ८–० र उज्बेकिस्तानसँग ९–० गोल अन्तरले पराजित भएको थियो । यस्तै पुरुषतर्फको पहिलो खेलमा नेपाल काजकिस्तानसँग १२–१ गोल अन्तरले पराजित भएको थियो । नेपालका रोमन रानाले एक गोल गरेका थिए ।

Share.

Leave A Reply