सिनर्जीको प्रोफेशनल एजुकेशन पब्लिक स्पिकिङ्ग च्याम्पियनमा नर्सिङ तर्फका कलेजहरुमा अडिसन सम्पन्न

0

चितवन, चैत,३ ।

सिनर्जीको प्रोफेशनल एजुकेशन पब्लिक स्पिकिङ्ग च्याम्पियन अन्तर्गत नर्सिङ कलेज तर्फको अडिसन सम्पन्न भएको छ । दुई चरणमा गरेर गरिएको अडिसनमा चितवनका १२ वटा नर्सिङ कलेजका ७३ जना विद्यार्थीको सहभागीता रहयो । जस अन्तरर्गत आज भरतपुरको आई ओ एम टी कलेजमा सम्पन्न अडिसन बाट १४ जना विद्यार्थी दोस्रो चरणको लागि छनोट भए । चितवनका ८ वटा नर्सिङ्ग कलेजहरु बाट ४५ जना विद्यार्थीहरु आई ओ एम टी कलेजमा सम्पन्न अडिसनमा सहभागी भएका थिए । उक्त अडिसनमा सबै भन्दा बढि चितवन मेडीकल कलेज बाट ४ जना विद्यार्थी दोस्रो चरणको लागि छनोट भए ।

चितवन मेडीकल कलेजकी ओजस्बी कोइराला, कला अधिकारी, दिलीजा बोहोरा, सपना चौधरी दोस्रो चरणको लागि छनोट हुदा आई ओ एम टी कलेज बाट रस्मीता गौतम, सुरुता गुरुङ्ग , चितवन एकेडेमी बबिता परियार, करुणा अधिकारी, आशा हस्पिटल खुशी थपा, एलिना गुरुङ्ग दोस्रो चणको लागि छनोट भए । यसै ओईसिस मेडिकल कलेजकी ममता कट्टेल, श्रीमेडिकल टेक्निकल कलेजकी सुजना अर्याल, कलेज अफ मेडीकल साईन्सेसकी निलम पौडेल र बालकुमारी कलेज बाट प्रशुन खनाल दास्रो चरणमा प्रवेश गरे ।

आई ओ एम टी कलेजमा सम्पन्न अडिसनको निर्णायकमा लेखक तथा आध्यात्मिक प्रवक्ता लक्ष्मण भण्डारी र गैडाकोट ईङगलिस स्कुलकी सह प्राचार्य तथा शैक्षिक सुपरिवेक्षक बिना कोईराला रहनुहुनेभएको थियो । यस अघि एफएमले नार्सिङ कलेज तर्फ मैयाँदेवी कन्या कलेजमा अडिसन सम्पन्न गरेको थियो । जहाँ भरतपुरका विभिन्न नर्सिङ कलेजका १० जना विद्यार्थी दोस्रो चरणको लागि छनोट भएका थिए । जहाँ मैयाँदेवी कन्या कलेज बाट अतिसा अधिकारी, सिर्जना विक , अश्मिता मानान्धर, ऐश्वर्य शर्मा दोस्रो चरणको लागि छनोट भएका थिए । ओसिस मेडिकल कलेजकि स्मृति मिश्र, अप्सरा विक, मारिसा बस्याल बोस्ट्रन एकेडेमी फर मेडिकल साइन्सबाट सुदिपा अर्याल र मौलाकालिका हेल्थ साइन्स कलेज पुनम दिश्वा मगर, सुनिता कंडेल दोस्रो चरणमा प्रवेश गरेका थिए ।

डेढ महिना देखि चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएमले चितवन र नवलपुरका विभिन्न विद्यालय र कलेजमानै पुगेर विद्यार्थी भित्रको बोल्ने कलाको उजागर गर्ने उद्देश्यले प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९ को अडिसन गर्दैछ। एफएमले यस अघि पुर्वी चितवन, गैंडाकोट र माडी अडिसन सम्पन्न गरि सकेको छ । भने भरतपुरमा अडिसन चल्दैछ । यस अघी भरतपुर अडिसन अन्तर्गत एफएमले गुरुकुल कलेजमा सम्पन्न अडिसनमा ५ जना, सनराईज इङलिस बोर्डिङ स्कुलमा सम्पन्न अडिसन बाट ७ जना , अर्कीड कलेज बाट ८ जना, वाल्मीकि शिक्षा सदन बाट १२ जना विद्यार्थी दोस्रो चरणमा प्रवेश गरेका थिए । बालकुमारी कलेजमा भएको अडिसन बाट ५ जना विद्यार्थी , बालकुमारी माध्यमिक विद्यालयमा भएको अडिसन बाट १२ जना विद्यार्थी दोस्रो चरणको लागि प्रवेश गरेका थिए ।

यस्तै पुर्वी चितवनअडिसन चरण बाट १५ जना, गैंडाकोट अडिसनबाट १३ जना र माडी अडिसनबाट ४ जना दोस्रो चरणका लागि छनि सकेका छन् । सिनर्जी एफएमका स्टेसन म्यानेजर रामकान्त पौडेलका अनुसार भरतपुर अडिसन अन्तर्गत भरतपुरका अझै विभिन्न विद्यालय र कलेजमा पुगेर एफएमले अडिसन गर्नेछ। भने पश्चिम चितवनको गीतानगर, पटिहानी, जगतपुर, मेघौली, पर्साढाप लगायतका क्षेत्रमा पनि एफएमले अडिसन गर्नेछ ।

विभिन्न चरणमा गरेर तिन महिना सम्म चल्ने बक्तित्वकला प्रतियोगिता अर्थात प्रोफेशनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९ मा ४०० बढी विद्यार्थीहरूको सहभागिता रहने जनाएको छ । अडिसन चरणबाट छनोट भएका १०० भन्दा बढी विद्यार्थीलाई चरणवद्व रुपमा प्रतिस्पर्धा गराउने स्टेशन म्यानेजर पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रोफेशनल एजुकेसन पब्लिक स्पिकिङ च्याम्पियन–२०१९ अन्तर्गत अन्तिम चरणमा १० जना विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने छन् । भने अन्तिम प्रतिस्पर्धाबाट प्रथम हुनेले नगद एक लाख, द्वितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजारको साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।बोल्ने प्रतिभा भएर पनि अवसर नपाउँदा प्रतिभा लुकाएर बस्न बाध्य भएका विद्यार्थीको लागि यस प्रतियोगिता फलदायी हुने एफएमले बिश्वास लिएको छ । प्रतियोगितामा सबै उमेरका विद्यार्थीले सहभागीता जनाउन पाउने व्यवस्था गरिएको छ ।

 

प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन, हानामी इन्ट्रनेश्नल एजुकेसनको प्रायोजन र बेङ्गलोर टेक्नोलोजिकल इन्स्च्यिुटको सह प्रायोजनमा प्रतियोगीता संचालन गरिएको हो ।कार्यक्रमको एसएसएस साउण्ड सिस्टम आधिकारीक साउण्ड रहेको छ भने अफिसियल टेलिभिजन आभाष टेलिभिजन, अफिसियल अनलाईन नारायणी अनलाईन र भिन्दैकुरा डट कम रहेका छन् । विस। २०५८ साल कार्तिक २६ गते स्थापना भएको सिनर्जी एफएमले विभिन्न अवसरमा स्थानीय र श्रोतामुखी कार्यक्रमहरू गर्दै आएको छ ।

Share.

Leave A Reply