play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

टिकौलीमा ट्याङकरको ठक्करबाट,जना २ घाईते

0

चितवन, चैत, ३ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौलीमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जना घाईते भएका छन् । आज दिउसो पौने १ बजेको समयमा सो दुर्घटना भएको हो । हैटौंडावाट भरतपुरतर्फ आउदै गरेको ना ३ ख ९२५ नम्बरको ट्याङकरको ठक्करवाट बा १० च १७३० नम्वरका कारमा सवार रत्ननगर नगरपालिका वडा न ८ का ३९ वर्षीया दामोदर रेग्मी र ना १४ प ३४१ नम्वरको मोटरसाईकलमा सवार भरतपुर महानगरपालिका वडा न १२ का ४० वर्षीया शंकरवहादुर कुँवर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाईते  दुवैजनाको अहिले भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईतेको अवस्था मध्यम रहेको  प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङकर र चालक प्रहरीको नियनत्रणमा रहेको छ ।

Share.

Leave A Reply