play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सिरहाको लहानमा सिके राउतको बैठक शुरु हुँदै, प्रहरी र पत्रकारलाई प्रवेश निषेध

0

चैत,३ ।
सरकारसँग फागुन २४ गते भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु हुँदैछ । गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाएको बताएका छन । बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी हुने छन । लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको सभाकक्षमा हुने बैठकमा सहभागी हुन राउत आज लहान पुग्ने कार्यक्रम छ । यस्तै,बैठक स्थलभित्र प्रहरी तथा सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ । सदनको मूल गेटमा कालो चस्मा र मास्क लगाएर बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका छन् ।

Share.

Leave A Reply