नारायणी कला मन्दिरले जुम्बा प्रशिक्षण कक्षा सञ्चालन गर्दै

0


चैत्र १, भरतपुर ।
नारायणघाटमा रहेको नारायणी कला मन्दिरले जुम्बा नृत्य प्रशिक्षण कक्षाको उद्धाटन गरेको छ । उद्योग वाण्ज्यि संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले कक्षाको उद्धाटन गर्नुभएको हो । उद्धाटन समारोहमा बोल्दै प्रधानले दुवै स्वास्थ्य र कलाको दृष्टिले नृत्य महत्त्वपूर्ण भएको बताउनुभयो । कला मन्दिरलाई शैक्षिक संस्थाको रूपमा विकास गर्न आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि विभिन्न क्याम्पस तथा विद्यालयसंग सम्बन्धन स्थापित गर्नुपर्ने जनाउनुभयो । त्यस्तै विदेशी संस्कृतिले नेपाली लोक संस्कृतिलाई अतिक्रमण गर्न लागेको भन्दै उहाँले सबैलाई मौलिक संस्कृतिको संरक्षण गर्न पनि आग्रह गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले विश्वभर लोकप्रिय रहेको जुम्बा नृत्यको प्रशिक्षण कक्षा सुरु गर्न पाउँदा आफू हर्षित रहेको बताउनुभयो ।मानिसहरू भागदौडले भरिएको दैनिकीका कारण अस्वस्थ हुन थालेको र जुम्बा प्रशिक्षण कक्षाले उनीहरूलाई स्फुर्ति प्रदान गर्ने उहाँको भनाइ रहेको थियो । कार्यक्रममा कला मन्दिरका पूर्व अध्यक्षहरू नारायण प्रधान र राम प्रसाद श्रेष्ठले निरोगी रहन चाहनेहरूका लागि जुम्बा प्रशिक्षण कक्षा फलदायी रहने बताउनुभएको थियो । कार्यक्रममा कला मन्दिरका पूर्व अध्यक्षहरू प्रेम विनोद नन्दन, रिद्धीचरण श्रेष्ठ, दीपक प्रधान, साहित्यकार सरला जोशी लगायतको उपस्थिति रहेको थियो । आइतबारबाट सुरु हुने जुम्बा नृत्य प्रशिक्षण कक्षा दैनिक बिहान साढे पाँच देखि साढे छ सम्म सञ्चालन हुने बताइएको छ । कला मन्दिरले प्रशिक्षण कक्षामा सहभागी भएको शुल्क भने रु १ हजार बाह्र सय तोकेको छ । प्रशिक्षार्थीहरूलाई प्रशिक्षण भने इरा खड्गी र सलिम श्रेष्ठले प्रदान गर्ने जनाइएको छ । नारायणी कला मन्दिरले विभिन्न अवसरमा गायन, वाद्यवादन, अभिनय र नृत्य सम्बन्धी प्रशिक्षण कक्षाहरू सञ्चालन गर्दै आएको छ ।

Share.

Leave A Reply