play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

टोटनह्यामद्वारा म्यानचेस्टर युनाईटेड पराजित, हल सिटी रेलिगेशनमा

0

जेठ १ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम हट्सपरले म्यानचेस्टर युनाईटेडलाई २-१ ले हराएको छ ।

खेलमा टोटनह्यामलाई विजयी गराउन भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे । म्यानचेस्टर युनाईटेडका वायन रुनीले एक गोल फर्काए ।

आइतबार राति भएको अर्को खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-० ले पाखा लगायो ।

लिभरपुललाई विजयी गराउन फिलिपे कौटिन्होले दुई गोल गर्दा ड्यानिएल स्टरिज र डिभोक ओरीगीले एक एक गोल गरे ।

आइतबार नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले हल सिटीलाई ४-० ले हरायो ।

यो जितसँगै क्रिष्टल प्यालेस प्रिमियर डिभिजनमै रोकिएको छ भने हल सिटी दोस्रो श्रेणीमा झरेको छ ।

यसअघि मिडिल्सब्रो र सण्डरल्याण्ड पनि प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीको च्याम्पियनसिपमा झरीसकेका छन् ।

Share.

Leave A Reply