play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

इङ्गलिस प्रिमियर लिगको उपाधि चेल्सीले जित्यो

0

बैशाख ३० । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १-० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि जितेको हो ।चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिमतिर गरेको गोल निर्णायक बन्यो ।अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीका सबस्टिच्युडका रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाएका हुन् ।
चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो । उसले सन् २०१४÷१५ को सिजनमा पनि उपाधि जितेको थियो ।गएको सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो ।लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ ।

Share.

Leave A Reply