play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

प्रचारप्रसारमा खरो रूपले उत्रँदै १०० कडा १०

0

सिनर्जी संवाददाता

माघ ८, भरतपुर ।

१०० कडा १० चलचित्रको प्रचारप्रसारका लागि चलचित्रका सदस्यहरू आज दोश्रो पटक भरतपुर आएका छन् । राम शरण पाठक निर्देशित सो चलचित्र यही माघ १८ गतेबाट देशभरका हलहरूमा एकैसाथ प्रदर्शन हुने तरखरमा लागेको छ । चलचित्रको पटकथा रज्जु प्रधानले लेखेकी हुन् भने त्यसको निर्माण पनि रज्जु प्रधान, उत्तम खत्री, कलाकार राजाराम पौडेल, डी आर उपाध्याय र सञ्जीव न्यौपानेले गरेका हुन् । चलचित्रमा प्रमुख भूमिका करूणा श्रेष्ठ, उत्सव न्यौपाने र अमृत ढुङ्गानाले निभाएका छन् । १०० कडा १० मा प्रख्यात हास्यव्यङ्ग्यकार मनोज गजुरेलको पनि अभिनय रहेको छ ।

 

आज भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै पटकथा लेखिका रज्जु प्रधानले चलचित्र हाँस्यव्यंग्य विधाको भएपनि त्यसले अन्य विधाको पनि मर्म बोकेको बताइन् । राजाराम पौडेलले पनि सयकडा दश हेर्नै पर्ने चलचित्र भएको दाबी गरे । चलचित्र समाजमा व्याप्त भ्रष्टाचारलाई केही हदसम्म अन्त्य गरी सुशासन निर्माण गर्नमा केन्द्रित रहेको उनले बताए । पत्रकारसँगको भेटमा नायक उत्सव न्यौपाने र नायिका करूणा श्रेष्ठले चलचित्रमा आफूहरूको भूमिकाका बारेमा पनि बताएका थिए ।

 

२ घण्टा १५ मिनेट लामो सो चलचित्रमा कूल ३ गीत रहेका छन् । यही चलचित्रमा रहेको ‘दाइलाई कुरा लाइदिने’ बोलको गीत चलचित्र प्रदर्शन हुनु अघि नै धेरैद्वारा रूचाइएको छ । दर्शन नेपाल क्रियशन प्रा.लि.को ब्यानरमा बनाइएको चलचित्रमा प्रेम र भ्रष्टाचारबीचको द्वन्द्व प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

Share.

Leave A Reply