play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

आइपीएल क्रिकेटअन्तर्गत आजपनि १ खेल हुने

0

बैशाख २८। इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटअन्तर्गत आजपनि १ खेल हुने भएको छ। नेपाली समय अनुशार आज राती सवा ८ बजे हुने खेलमा मुम्बइ इन्डियन्सले किङ्स इलाभेन पञ्जावको सामना गर्ने छ । यसैबिच गएराती भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई २ विकेटले हराएको छ ।गुजरातको कानपुरमा गए राति घरेलु टोलीले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले खेलमा दुई बल बाँकी छँदा ८ विकेट गुमाएर पुरा गर्‍यो ।
जितसँगै दिल्ली अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।१२ खेलबाट उसको १० अंक भएको छ । समान खेलबाट ८ अंक जोडेको गुजरात सातौं स्थानमा छ ।आठौं स्थानको बैंग्लोरको ५ अंक मात्रै छ ।अहिलेसम्म मुम्बई इन्डियन्स प्ले अफमा ठाँउ सुरक्षित गर्दा बाँकी ३ स्थानका लागि चार टोलीहरु कोलकाता, पुने, हैदरावाद र पञ्जाबबीच संघर्ष चलिरहेको छ ।

Share.

Leave A Reply