play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

महिला क्रिकेटः एपिएफ र राईजिग वुमन उपाधिका लागि भिड्दै

0

२६ वैशाख – कैलालीको अत्तरीयामा जारी अत्तरीया कप महिला क्रिकेटको फाइनल खेल आज हुने भएको छ । फाइनलमा उपाधीका लागि आज विभागीय टोली एपिएफ र राईजिग क्रिकेट वुमन काठमाडौं भिड्दैछन् ।

यसअघि हिजो सम्पन्न सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि आमने–सामने हुन लागेका हुन । पहिलो सेमिफाईनलमा एपिएफले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराएको हो भने दोस्रो सेमिफाईनलमा राईजिग क्रिकेट वुमनले झापा क्रिकेट एकेडेमीलाई ९ रनले पराजित गरेको थियो ।

वैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल दिउसो अत्तरीयास्थित एपिएफको खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछन ।

Share.

Leave A Reply