play_circle_outline On Air

गोल्डेन कलेक्सन

play_circle_outline On Air

गोल्डेन कलेक्सन

मिष्टर एण्ड मिस टिन नवलपुरको उपाधि प्रिया र शिशिरलाइ

0

पौष १४ गैडाकोट । कला सस्कृति र सुन्दरता भन्ने नारा सहित आयोजना भएको मिष्टर एण्ड मिस टिन नवलपुरको उपाधि प्रिया पुन र शिशिर शर्माले जितेका छन ।

मञ्जरी ग्रुपको आयोजनमा सम्पन्न भएको प्रतियोगितामा प्रियाले उपाधि सहित बेष्ट वाक , शिशिरले उपाधिको अलवा मिष्टर कन्फिडेण्टको उपाधि पनि जितेका छन । प्रतियोगितामा निरुषा पुन र अभिशेक दर्लामीले फष्ट रनर अपको उपाधि पाएका छन । निरुषा र अभिशेकको भागमा क्रमश बेष्ट ट्यालेण्ट, मिष्टर ह्याण्डसमको उपाधि समेत पाएका छन ।

प्रतियोगितामा आकास गुरुङ्ग, मोनिका शर्मा सेकेण्ड रनर अप भएका छन । आकासले मिष्टर कन्जिनालिटी र मोनिकाले व्युटि विथ द प्रपोज टाइटल उपाधि समेत पाएका थिए । प्रिया कडेल मिस फोटोजेनिक, अञ्जु शर्मा बेष्ट फिगर, बेष्ट पर्सनालिटी र विपिका नेपालले सुपर ट्यालेण्ट उपाधि पाएका थिए । प्रतियोगितामा लामो समय देखि शिक्षण पेशामा आवद्ध निर्मला सुवेदी, कोरियोगाफर प्रज्ञा तिवारी बराल, रेशम न्यौपाने, फेशन डिजाइनर दुर्गा थापा, ािष्टर कन्टिेनेटल इन्टरनेशनल नेपाल आशिक ताम्रकार, मिष्टर लुम्विनी २०१८ युकेशमान ज्ञवाली निर्णायक रहेका थिए । मिष्टर नेशनल नेपाल २०१८ मन्जेश गिरी र मिष्टर जनजाती नेपाल सुमन श्रेष्ठ कोरियोग्राफर रहनु भएको कार्यक्रममा प्यासन प्रोडक्सन र थ्रि ब्रर्दश फोटो, द च्याम्पियन हव,छेपारो डटकमकको सहयोग रहेको थियो ।

Share.

Leave A Reply