सप्तगण्डकी क्याम्पसमा घडी अभियान

0

शिव गौतम 

मंसिर २४, भरतपुर ।
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा घडी अभियानले तीव्रता पाएको छ । अभियानमा विद्यार्थीहरूले आफ्नो कक्षाकोठामा आफैँ घडी किनेर राखेका हुन् । आफ्नै खर्चमा किनिएका घडीसँग विद्यार्थीहरूको अपनत्व बढी हुने क्याम्पस प्रमुख खेमनारायण सापकोटाले दाबी गर्नुभयो । क्याम्पसले राखिदिएका घडीको सुरक्षामा विद्यार्थीहरूले ध्यान नदिने सम्भावना देखेकाले विद्यार्थीहरूलाई नै घडी किन्न आह्वान गरिएको सापकोटाले बताउनुभयो । उहाँले विद्यार्थी र प्राध्यापकहरूलाई पनि घडीको समयानुसार चल्न निर्देशन दिनुभएको छ । पहिलो घण्टीको कक्षा सकिँदासम्म पनि विद्यार्थीहरू कक्षा प्रवेश गरिरहँदा पढाइको गुणस्तर खस्कन सक्नेमा आफू गम्भीर रहेको उहाँले बताउनुभयो । लगातार दोश्रो पटक क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको उहाँले क्याम्पसमा चाँडै नै करिब १२ लाख रुपैयाँको लागतमा आमसञ्चार एवम् पत्रकारिता प्रयोगशाला निर्माण गर्ने घोषणा पनि गर्नुभएको छ ।

Share.

Leave A Reply