संचारकर्मी रबी अधिकारीको ‘आँशुको अर्थ–२’ गीतको लिरिकल भिडियो सार्वजनिक

0

चितवन, असोज १९–

चर्चित गायक शिव परियारको स्वर रहेको चर्चित गीत ‘आँशुको अर्थ’को पार्ट टु ‘आँशुको अर्थ–२’ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गतवर्ष सार्वजनिक गरिएको गीत ‘आँशुको अर्थ’ सफल भएसँगै ‘आँशुको अर्थ–२’ ९आँशु दिइ जाने० बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

आज ९शुक्रबार० चितवनको भरतपुरमा एक कार्यक्रमको बीच गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर परेर वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् ।

केटिबी एड्भर्टाईजिङ एजेन्सीका प्रबन्धक किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशक बिमल पौडेल र केटिबी एड्भर्टाईजिङ एजेन्सीकानिर्देशक बिजय गुप्ता, संचारकर्मी मनोज पन्त, दाताज ईभेन्ट्सका प्रबन्धक दाताराम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी ऋद्धिचरण श्रेष्ठले गीतको सफलताको शुभकामना व्यक्त गर्दै आगामि दिनमा भाग २ जस्तै गीतको अन्य सिरिज पनि बन्ने विश्वास व्यक्त गरे । चलचित्र क्षेत्रमा लामो समयदेखी काम गर्दै आएका संचारकर्मी रबी अधिकारीले ‘आँशुको अर्थ’ भाग १ र भाग २ जस्तो निकै राम्रो गीत रचना गरेर रचनाकारको रुपमा पनि आफुलाई अब्बल साबित गरेको श्रेष्ठले बताए। साथै उनले आगामी दिनमा चलचित्रमा पनि गीत रचना गर्न शुभकामना दिए।

 

कार्यक्रममा विशिष्ट अतिथि चलचित्र निर्देशक विमल पौडेलले गीत निकै राम्रो बनेको भन्दै सफलताको शुभकामना ब्यक्त गरे । गीतले निकै मार्मिक शब्द बोकेको भन्दै दर्शक स्रोताहरुले गीतलाई मन पराउने विश्वास व्यक्त गरे।

कार्यक्रमका अतिथी संचारकर्मी मनोज पन्तले संचारकर्मीको रुपमा सक्रिय रबी अधिकारीले ‘आँशुको अर्थ १ र २ बाट गीत संगीतको क्षेत्रमा पनि राम्रो गर्दै गएकोमा खुशी लागेको बताए ।

कार्यक्रमका सभापति केटीबीका प्रबन्धक सापकोटाले गीत राम्रो बनेको भन्दै संचार र चलचित्र क्षेत्रसँगै संगीतिक क्षेत्रमा पनि अझै प्रगती हुँदै जाओस भन्दै शुभकामना ब्यक्त गरे।

 

गीतका रचनाकार रबी अधिकारीले ‘आँशुको अर्थ १’ को अपार सफलता पछी अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए । ‘आँशुको अर्थ १ लाई दर्शक स्रोताले राम्रो माया दिएको कारण नै भाग २ निकालेको बताए । अधिकारीले भने–“भाग १ को सफलताले भाग २ अझ राम्रो बनाउन चुनौती दियो । तर हाम्रो टिम, सबै संचारकर्मी र दर्शकहरुको मायाले चुनौतीलाई अवसरको रुपमा लिई भाग २ बनाउन सफल भयौं।” यस्तै अधिकारीले भाग १ जस्तै २ लाई पनि दर्शक स्रोताहरु माया दिनुहुने विश्वाश ब्यक्त गरे ।

दशैं लगतै निकेश खड्काको निर्देशनमा ‘आँशुको अर्थ’का मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठलाई फिचरिंग गरेर गीतको म्युजिक भिडियो निर्माण गरिने गीतकार तथा सञ्चारकर्मी अधिकारीले बताए । ‘आँशुको अर्थ–२’ ९आँशु दिइ जाने०मा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको छ। गीतलाई एरेन्ज भने रिदम कंडेलले गरेका छन् ।

Share.

Leave A Reply