play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

हेमन्त शर्मालाई लाग्यो बरिखा (भिडियो सहित)

0

असोज २ ।
शरद ऋतु सुरु हुनै लाग्दा गायक हेमन्त शर्माले ‘बरिखा’ बोलको गीत सार्वजनिक गरेका छन् । डान्सिङ नम्बरको उक्त गीतमा संगीत र रचना स्वयम् शर्माको रहेको छ । भाइभ एण्ड वेभले आफ्नो यूट्युब च्यानलमा अपलोड गरेको म्युजिक भिडियोमा भिमफेदी गाइज, एलिसा राई, सारा सिरपाली, सुनील क्षेत्री लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन भने राहुल शाहले गरेका छन् ।

सांगीतिक कार्यक्रमका सिलसिलामा धेरै पटक सुदूरपश्चिम पुगेको र त्यो ठाउँसँग जोडिन पनि त्यतैको लवज प्रयोग गरी गीत लेखेको शर्माले बताए । सिनर्जी एफएम सँग बोल्दै युवा पुस्ताहरूसँग फिट हुने हेतुले पनि यो डान्सिङ नम्बर ल्याएको उनले जानकारी दिए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://youtu.be/M8qxfMkLOEg

Share.

Leave A Reply