भदौ २० ।
संघीय संसद अन्तरगतको राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यविधि पारित भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सचिवालयले तयार पारेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको हो । सचिवालयले प्रस्ताव गरेको कार्यविधि सदस्यहरुको सुझावसहित पारित गरिएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिइन । उनले समितिका सदस्यहरुलाई कार्यविधि अनुसार समितिको कामकार्वाहीलाई प्रभावकारी बनाउन पनि सचेत गराइन । बैठकमा समितिका सदस्यहरुले राष्ट्रियसभा नियमावली र समितिको कार्यविधि अनुसार समितिको काम, कार्वाहीलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यविधि पारित
0
Share.