वीरगञ्जमा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

0

बिरगञ्ज, भदौ २० ।
पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो । दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा हिजो बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply