play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अहिलेको सरकार काम गर्न नजानेर सुरुमै अलमलियो ःकांग्रेस नेता पौडेल

0

साउन,३१ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार काम गर्न नजानेर सुरुमै अलमलिएको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले राजधानीमा आयोजना गरेको राजनीति, अर्थनीति र समसामयिक छलफलमा वरिष्ठ नेता पौडेलले ’हुने विरुवाको चिल्लो पात र नहुने विरुवाको खस्रो पात भनेझैँ अहिलेको सरकारको सुरुवाती काम नै राम्रो नभएको बताए । उनले सात दशक लामो अस्थिरतामा गुज्रिएका सरकारले बरु राम्रा काम गरेको तर वर्तमान सरकारले काम गर्न नसकेर अन्योलता बढाएको आरोप लगाए । वर्तमान सरकारले कर बढाएर जनतालाई खानै नपुग्ने स्थितिमा र्पुयाउन खोजेको पौडेलले आरोप लगाए । कम्युनिस्टहरू कहिल्यै पनि संघीयताको पक्षमा नहुने बताउँदै उनले कम्युनिस्टको जनवाद र संघीयता नमिल्ने र यो कुरा नेपाली कांग्रेसले जनतालाई बुझाउन सक्नुपर्ने बताए । प्राकृतिक तथा वित्तीय क्षेत्रमा सुधार गर्नुपर्ने वर्तमान अवस्थामा सरकारले विभिन्न क्षेत्रमा कर बढाएर गल्ती गरेको पनि नेता पौडेलले आरोप लगाए । संघीयतामा स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकारको तालमेल हुनुपर्नेमा वर्तमान सरकारले त्यो तालमेलै गर्न नजानेको पौडेलले बताए ।

Share.

Leave A Reply