play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

टेलिकम प्रबन्ध निर्देशकलाई सरकारले फेरि सोध्यो ७२ घण्टे स्पष्टिकरण

0

साउन,२७ ।
नेपाल टेलिकमकी प्रबन्द निर्देशक कामिनी राजभण्डारीलाई सरकारले दोस्रो पटक स्पष्टिकरण मागेको छ। उनको कार्यसम्पादनमा चित्त नबुझेको बन्दै सरकारले ७२ घण्टे स्पष्टिकरण मागेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलाई फेरि स्पष्टिकरण माग्ने निर्णय गरेको हो। सूचना तथा सञ्चार मन्त्रालयले भण्डारीलाई आजै स्पष्टिकरण सोध्ने बुझिएको छ। राजभण्डारीले तीन महिनामा टेलिकमलाई स्तरोन्नती गर्ने बताएको भए पनि हालसम्म स्तरोन्नती नगरेकोले स्पष्टिकरण माग्ने निर्णय भएको सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले टेलिकम झन धरासायी बन्दै गएको बताएको छ। यस अघि गत बैशाखमा राजभण्डारीलाई स्पष्टिकरण सोधिएको थियो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग कार्यप्रगति विवरण मागेका थिए।

Share.

Leave A Reply