play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाईदै

0

साउन, २७ ।
अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००४ बाट यो दिवस मनाउन थालिएको हो । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ यस वर्ष मनाउन लागिएको दिवसमा राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रम गर्दैछ । यस अवसरमा ‘युवा प्रतिभा पुरस्कार’ पनि प्रदान गरिंदैछ ।
संयुक्त राष्ट्र संघले सन् २००० देखि यो दिवस मनाउन थालेको हो । सन् १९९९ मा राष्ट्रसंघले युवाका समस्यालाई सम्बोधन गर्ने उद्देश्य राख्दै हरेक वर्ष १२ अगष्टमा अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सन् २०१० मा विश्व युवा सूचांकमा नेपाल १४५औं स्थानमा रहेकोमा सन् २०१६ मा ७७ औं स्थानमा परेको छ ।

Share.

Leave A Reply