साउन २० । वागत बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं बार्षिकोत्सवको अबसरमा रत्ननगर १३ जयमंगलामा रहेको श्रीराम संस्कृत गुरुकुलममा अध्ययनरत बटुकहरुलाई शनिवार मिष्ठान्न भोजन तथा स्टेशनरी सहयोग गरिएको छ । सहकारी संस्थाका अध्यक्ष नोदनाथ लामिछानेले गुरुकुलमका अध्यक्ष भेषराज दुवाडीलाई स्टेशनरी हस्तान्तरण गरेका थिए । सो अबसरमा सहकारी संस्थाका अध्यक्ष लामिछानेले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अबसर पारेर संस्कृत शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको गुरुकुलमलाई सहयोग गरिएको बताए । कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष मोहन भट्टराई,सचिव गोकुल भट्ट र सामाजिक उपसमितिका संयोजक भरत पाण्डेले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बटुकहरुले स्वस्ती बाचन गरेका थिए ।
रत्ननगरमा गुरुकुलमका बटुकलाई स्टेशनरी
0
Share.