१२ कक्षाको नतिजा भोलिमात्रै सार्वजनिक गरिने

0

श्रावण १६, राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भोलि नतिजा सार्वजनिक गर्ने बताए।उनले अझै फाइनल गर्न बाँकी रहेको बताउदै काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपरेको र आज नतिजा प्रकाशन गर्न नसकिने बताए ।परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।
बोर्ड स्रोतका अनुसार परीक्षा नियन्त्रकले हिजो नै नतिजाको लागि सम्पूर्ण काम सकिएको जानकारी बोर्ड अध्यक्षलाई गराइसकेका थिए ।बोर्डका केही सदस्य आजको बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि नतिजा भोलिका लागि सारिएको स्रोतले बताएको छ ।यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दै छ ।

Share.

Leave A Reply