play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

इमर्जिङ कप क्रिकेटः नेपालसामु २ सय १५ रनको लक्ष्य

0

चैत १७,
एसीसी इमर्जिङ कप क्रिकेट अन्र्तगत लिग चरणको अन्तिम खेलमा हङकङले नेपाल सामु २ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धा्रित ओभरमा २ सय १४ रन जोड्न बाँकी विकेट गुमायो । ९५ रनमा पहिलो विकेट गुमाएको हङकङले त्यसपछि गतिलो साझेदारी गर्न नसकेपछि मध्यम योगफलमा रोकिएको हो । अर्धशतक पुरा गरेका अन्सुमन रथ र ४३ रन बनाएका क्यामरन कउलसेनको विकेट ज्ञानेन्द्रम मल्लले लिदै नेपाललाई खेलमा फर्काएका थिए । नेपालका अविनाश कर्णले ३, ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुसन भारीले २र२ र सन्दिप लामिछानेले एक विकेट लिए । नेपालले केहिबेर पछि ब्याटिङ गर्दैछ । मुख्य बलरलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपालले कमजोर बलिङ प्रर्दशन गरेपछि पहिलो खेलमा पाकिस्तानसंग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो ।  समुह बीमा रहेका दुवै टोली अंक विहिन हुदै तालिकाको पुछारमा छन् ।

Share.

Leave A Reply