play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

ब्राजिल रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुने पहिलो टिम

0

चैत १६ – ब्राजिल सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुने पहिलो टिम बनेको छ । दक्षिणी अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल विजयी भयो । अर्को खेलमा उरुग्वे पराजित भयो । यसपछि शीर्ष स्थानको ब्राजिलले छनौट चरणका चार खेल बाँकी हुँदै विश्वकपमा स्थान पक्का गरेको हो । बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई ३–० ले हराएको हो ।

ब्राजिलको जितमा फिलिप कोन्टिन्हो, नेइमार र मार्सेलोले गोल गरे । जितपछि शीर्ष स्थानको ब्राजिलको १४ खेलबाट ३३ अंक भएको छ । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १४ खेलमा १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ । अर्को खेलमा पेरुले उरुग्वेलाई २–१ ले हरायो । हारपछि तेस्रो स्थानमा झरेको उरुग्वेको १४ खेलबाट २३ अंक छ ।उरुग्वे दोस्रो स्थानको कोलम्बिया भन्दा एक अंकले पछि छ भने शीर्ष स्थानको ब्राजिल भन्दा १० अंकले पछि छ । चौथो स्थानको चिलीको २३ अंक नै छ भने पाँचौं स्थानमा झरेको अर्जेन्टिनाको २२ अंक छ ।

Share.

Leave A Reply