play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

रोनाल्डो राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने विश्वका खेलाडीको सूचिमा शीर्ष १० मा

0

चैत १६ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने विश्वका खेलाडीको सूचिमा शीर्ष १० मा पर्न सफल भएका छन् । मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको स्वीडेनसँगको खेलमा रोनाल्डोले एक गोल गरेका थिए ।

यो उनले राष्ट्रिय टिमबाट गरेको ७१ औं गोल थियो । खेलमा पोर्चुगल ३–२ ले पराजित भएपनि रोनाल्डो राष्ट्रिय टिमबाट ७१ गोलसहित राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा १० खेलाडी भित्रको सूचिमा पुगेका हुन् । रोनाल्डो ऐतिहासिक बरियताको नवौं स्थानमा छन् ।

७१ गोल नै गरेका जर्मनीका मिरोस्लाभ क्लोस, थाइल्याण्डका किएटिसुक सेनामुएङ र साउदी अरबका माजेद अब्दुल्लाह पनि नवौं स्थानमा नै छ । सर्वाधिक गोलकर्ताको सूचिको शीर्ष स्थानमा एक सय ९ गोल गरेका इरानका अली डेई छन् ।

रोनाल्डोले राष्ट्रिय टिमबाट ७१ गोल गर्ने क्रममा तीन पटक ह्याट्रिक गरेका छन् भने एक खेलमा चार गोल गरेका छन् । यस्तै उनले १२ खेलमा दुई गोल गरेका छन् । बाँकी ३४ गोल एक खेलमा गरेका एक गोल हुन् । यो सूचिमा अर्जेन्टिनाका मेस्सी भने छैनन् । मेस्सीले अहिलेसम्म ५८ गोल गरेका छन् ।

Share.

Leave A Reply