play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

नायक सविन श्रेष्ठको सोल्टीनी असार १५ मा हेर्न पाइने

0

असार ०२, नायक सविन श्रेष्ठको पछिल्लो चलचित्र ‘ए सोल्टीनी’ यहि असार १५ गते प्रदर्शन हुने भएको छ । निर्माण सम्पन्न भएको लामो समय पश्चात चलचत्रिको प्रदर्शन मिति तोकिएको हो ।दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रका निर्देशक निमा लामा तामाङ हुन् । जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ए सोल्टीनीको बितरण आर आर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ‘ए सोल्टीनी’ पहिलो नेपाली फिल्म हो । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ ।

काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशक निमाको दावी छ । बिश्वास भण्डारीको छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् । अरु कुनै फिल्मले मिति नतोकेकाले ‘ए सोल्टीनी’ असार १५ मा एकल प्रर्दशनमा आउने देखिन्छ ।

Share.

Leave A Reply