play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

एसिया कप छनौट फुटबलः नेपाल ४–१ गोल अन्तरले पराजित

0

चैत १५,
एसिया कप छनौट फुटबल अन्तर्गत आज भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ । नेपालका लागि पहिलो हाफको अन्तिममा एकमात्र सान्तवना गोल विशाल राईले गरेका थिए ।
मनिलाको रिजल मेमोरियल रंगशालामा भएको खेलमा २१ औँ मिनेटमा फिलिपिन्सले अग्रता बनाएको थियो । रबिन श्रेष्ठले डिबक्स भित्र फल गरेपछि फिलिपिन्सले पाएको पेनाल्टी सदुपयोग गरेको हो । पहिलो गोलको लगत्तै २३ औँ मिनेटमा अर्को फिलिपिन्सले अर्को गोल गरेको थियो । २८ औँ मिनेटमा फिलिपिन्सले तेस्रो गोल गर्यो । अञ्जन बिष्टको स्थानमा २९ औँ मिनेटमा मैदान प्रवेश गरेका विशाल राईले पहिलो हाफको अन्तिममा एक गोल गरे । खेलको ७२ औँ मिनेटमा फिलिपिन्सले चौथो गोल गर्यो । पहिलो हाफमा धरमराएका नेपाली खेलाडीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेका थिए ।
नेपाली टोलीका कप्तान विराज महर्जन आजको खेलमा थिएनन् । उनको ठाउँमा कमल श्रेष्ठलाई राखिएको थियो । फिफा वरियतामा फिलिपिन्स नेपालभन्दा ४६ स्थान माथि छ । वरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छन् । मंगलबारसहित फिलिपिन्ससँगका पछिल्ला चार खेलमा नेपाल पराजित भएको छ ।

Share.

Leave A Reply