play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लियोनल मेस्सी विश्वकप २०१८ छनौट अन्तर्गत बोलिभियासँगको खेलमा खेल्न नपाउने सम्भावना

0

चैत १५ – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकप २०१८ छनौट अन्तर्गत बोलिभियासँगको खेलमा खेल्न नपाउने सम्भावना छ । विश्वकप छनौट अन्तर्गत गएको शुक्रबार बिहान चिलीसँगको खेलमा मेस्सीले लाइन्स म्यानसँग अभद्र व्यवहार गरेका थिए । त्यसले गर्दा मेस्सी बोलिभियासँगको खेलमा निलम्बनमा पर्न सक्ने सम्भावना रहेको हो । अर्जेन्टिनाले नेपाली समय अनुसार बधबार बिहान बोलिभियासँग खेल्ने छ । शुक्रबार बिहानको खेलमा मेस्सीले अर्जेन्टिनाका लागि विजयी गोल गरेका थिए । मेस्सी दोस्रो हाफमा लाइन्स म्यान मार्सेलो भानन गास्सीलाई अपशब्द प्रयोग गरेका थिए ।

मेस्सी विरुद्धको सोमबार कोनमेबोलमा आरोप दर्ता भएको छ । दक्षिणी अमेरिकी क्षेत्रको फुटबलको प्रशासकीय निकाय कोनमेबोलको अनुशासन कमिटिले अहिले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

कमिटिले मेस्सी विरुद्ध अहिले नै निलम्बन लागु गर्न सक्ने छ । त्यसो नभए अहिलेको इन्टरनेशनल विन्डो भन्दा पछि लागु हुने गरी निलम्बन कायम गर्न पनि सक्छ । अहिले नै लागु भएमा मेस्सी बोलिभियासँगको खेलमा मैदान बाहिर हुने छन् ।

Share.

Leave A Reply