play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

प्रधानमन्त्री दाहालद्वारा स्थानीय तह औपचारिक रुपमा शुभारम्भ

0

चैत्र ०१,
नयाँ संविधानमा व्यवस्था अनुसार स्थानीय तहको आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।
सरकारले आज स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आजदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै देशैभरका स्थानीय तहले सेवा थालेको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
उपमहानगरबाट ललितपुर महानगरपालिकामा परिणत गरिएको कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको कार्य प्रारम्भसँगै गणतन्त्रको उज्यालो जनता आफैंले अनुभव गर्ने गरी संस्थागत भएको दावी गर्नुभयो । उहाँले योसँगै राजनीतिक परिवर्तनको ऐतिहासिक खुड्किला प्रारम्भ भएको पनि बताउनुभयो ।
उनले यो दिन ऐतिहासिक परिवर्तनको दिन रहेको भन्दै जनताको सेवामा जुट्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो ।
संविधान कार्यान्वयन र चुनावबाट सरकार पछि नहट्ने भन्दै प्रधानमन्त्री दाहालले आगामी वैशाख १ गतेको निर्वाचन सफल बनाउन सबै पक्षसँग आग्रह गर्नुभयो ।
स्थानीय पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि चाहिने कर्मचारी व्यवस्थापन गरेको छ ।
महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गर्नेछन् । ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका निर्धारण गरिएको छ ।

Share.

Leave A Reply