play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

संसद बैठक आज बस्दै, विभिन्न विद्येयक प्रस्तुत गर्ने कार्यसुची

0

१ चैत्र – व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा उपप्रधान एवं संघीय मामिला तथा स्थानिय विकास मन्त्री कमल थापाले गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विद्ययक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र सोही विद्येयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

बैठकमा सभामुख ओनसरी घर्तीले निर्वाचन क्षेत्र निर्धारण विद्येयक २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निणयार्थ प्रस्तुत गर्नुहुने छ । यस्तै–कानुन न्याय तथा संसदिय मामिला मन्त्री अजय शंकर नायकले प्रधानन्यायाधिश तथा सर्वाेच्च अदालतको न्यायाधिशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्त सम्बन्धी विद्येयक–२०७३ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

उहाँले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधिषहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्त सम्बन्धी विद्येयक २०७३ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नुहुने । बैठकमा उद्योग मन्त्रि नविन्द्र राज जोशीले उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदन सहितको कम्पनि (पहिलो संशोधन) विद्येयक २०७३ माथि छलफल गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ । उहाँले कम्पनि पहिलो संशोधन विद्येयक–२०७३ लाई पारित गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैबीच–महाअभियोग सिफारिस समितीका सदस्य रामनारायण विराडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिहं कार्की विरुद्ध व्यवस्थापिका संसदमा पेश भएको महाअभियोग प्रस्ताव सम्बन्धी छानविन प्रतिवेदन–२०७३ मा उल्लेखित सिफारिस स्विकृत गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नुहुने । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयका महासचिव मनोहरप्रशाद भट्टाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply