play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि आज

0
 २९ फागुन – भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई ११ तोपको सलामी दिने निर्णय भएको छ । सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आज गरिने भएको हो ।

उनलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताउनुभयो । राष्ट्रिय सम्मानको विषयमा सरकारले निर्णय नगर्दा हिजो गरिने भनिएको अन्त्येष्टि स्थानीयले स्थगित गरेका थिए । गत बिहीबार सीमा नजिक बनाइएको कल्भर्ट विवादमा एसएसबीको गोली लागी गौतमको मृत्यु भएको थियो ।

उनको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । आज बिहान साढे ८ बजेबाट शवयात्रा गरिने स्थानीयले जनाएका छन् । शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

Share.

Leave A Reply