play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

एमालेको अभियान टोली चितवन आउँदै

0

चितवन २८ फागुन ,नेकपा एमालेले शुरु गरेको मेची महाकाली अभियानको टोली शनिबार चितवन आउदैछ। एमालेका शीर्ष नेताहरु सहभागी उक्त अभियान मकवानपुरबाट चितवन आउन लागेको हो ।

चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा एक कार्यक्रमको आयोजना गरी शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए। यहाँ फागुन २३ गते प्रदेश नम्बर २ मा पर्ने सप्तरीको राजविराजमा झडप भएपछि एमालेले स्थगित गरेको अभियान २७ गते हेटौँडाबाट पुनः सुरु भएको थियो।

मेची महाकाली अभियान अन्तर्गत चितवनमा हुने सभाको लागि सबै तयारी पूरा भएको नेकपा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार चितवनको भरतपुर स्थित चौविसकोठीबाट सुरु हुने र्‍याली नारायणी नदी किनारमा पुगेर सभामा परिणत हुनेछ।

बिहान १० बजे हेटौडाबाट चितवनको लोथरमा अभियान टोली आइपुग्ने र त्यहाँबाट एमालेलेका कार्यकर्ताहरुको मोटरसाइकल र्‍यालीले अभियानलाई स्वागत  गर्ने एमाले चितवनकी सचिव पार्वती रावलले जानकारी दिइन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा वली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष  बामदेव गौतम, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई चितवन आउनेछन्।

टोली शनिबार नै नवलपरासीको कावासोती पुग्ने कार्यक्रम रहेको एमालेका चितवन ईन्चार्ज कृष्ण खनालले जानकारी दिए।  कार्यकर्ताहरु अहिले चितवनको लोथर मा टोलीलाई स्वागत गर्न केन्द्रित भएका छन् ।

Share.

Leave A Reply