२७ फागुन । सप्तरी घटनापछि तीन दिन स्थगित भएको नेकपा एमालेको मेची– महाकाली राष्ट्रिय अभियान आजदेखि फेरि सुरुहुने भएको छ । गत सोमबार सप्तरीको सभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रंहरीबीचको झडपमा ४ जनाको मृत्यु भएपछि एमालेले तीन दिन अभियान स्थगन गरेको थियो ।
आजबाट सुरुहुने एमालेको सभा अन्र्तगत मकवानपुरको हेटौडादेखि बृहत ¥याली र आमसभागर्न हुने छ । संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित आज मकवापुरको लोथरबाट अभियान सुरु हुने एमालेले जनाएको छ । सभामा ५० हजार सहभागिता रहने बताइएको छ ।
यहि फागुन २१ गते पूर्वको काँकडभिटाबाट सुरु भएको अभियान चैत ७ गते सुर्खेतमा पुगेर सम्पन्न हुनेछ । सरकार र सत्तारुढ दलहरुले अहिलेको अवस्थामा सभा रोक्न आग्रह गरीरहँदा पनि एमालेले भने पुर्वनिर्धारित कार्यक्रम भन्दै सुरु गर्न लागेको छ ।