पुस २२,
चितवन सहित देशभर अझै चिसो बढ्नसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । औषत तापक्रम घट्नेक्रम जारी रहेकाले देशभर अझै चिसो बढ्ने मौसमविद् शान्ती कंडेलले जानकारी दिनुभयो ।
मौसमविद् कंडेलले तराईमा अत्याधिक हुस्सु लागेकाले चिसो बढेको बताउनुभयो । उहाँले बाक्लो हुस्सुका कारण चिसो बढेपनि शीतलहर भने नलागेको स्पष्ट पार्नुभएको छ । २०–२५ वर्ष पहिलो तुलानामा चिसो अत्याधिक बढेको भन्दै उहाँले अझै दुईहप्तासम्म चिसो घट्ने सम्भावना नरहेको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौं उपत्यकामा पनि चिसो बढ्नेक्रम जारी छ । तराई भेगमा दिनभर हुस्सु लाग्ने र राती तुसारो लाग्ने गरेको कारण तापक्रम घट्दा सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहल घटेको छ । उच्च पहाडी भेगमा हिमपात शुरु भएको छ ।
यसैबिच
मुलुकभरको तापक्रम घटेसँगै अस्पतालहरुमा चिसोसँग सम्बन्धित बिरामीको संख्या बढ्दै गएको छ । विशेषरी निमोनिया, रुघाखोकी, छाला तथा दमका रोगीको संख्या बढेको अस्पतालहरुले बताएका छन् । चिकित्सकहरुले बृद्धबृद्धा तथा बालबालिका जाडो मौसमकले बढी प्रभावित हुने भएकाले उनीहरुलाई जाडोबाट बचाउन सुझाव दिएका छन् ।
चिसोका कारण मानिसहरुमा, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिक्स, रक्तचाप लगायत रोगहरु लाग्ने भएकाले बृद्धबृद्धा र बालकालिकाहरु त्यसतर्फ सचेत हुनुपर्ने चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले चिसो मौसमको सुरुवातसँगै मानिसहरुलाई निमोनिया, श्वासप्रश्वास, हृदयघात लगायत रोगहरुले सताउने भन्दै सतर्क रहन आग्रह गर्नुभयो ।
चिसो अझै बढ्ने अनुमान, विशेष सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव
0
Share.