मंसिर १९,चितवन । बि.एफ.डि.एम (ब्रदर्स फ्रम डिफ्रेन्ट मदर्स) समुहले आफ्नो तेस्रो जन्म जयन्तिको अवसरमा पोखरा बसपार्क नारायणगढमा रहेको रेबिका बाल प्रतिष्ठानमा आवश्यक पर्ने विभिन्न खाद्यान सामाग्रिहरु सहयोग स्वरुप प्रदान गर्ने भएको छ ।
गरिब तथा दुखिहरुलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ समुहको स्थापाना गरिएको र सहयोग स्वरुपनै दाल चामल लगाएतका खाद्यान सामाग्रीहरु प्रदान गर्न लागिएको समुहले जनाएको छ ।कार्यक्रम भोली मंसिर २० गते शनिबार १ बजे हुनेछ । प्रतिष्ठानमा रहेका सम्पूर्ण बालबालिकाहरुलाई लाई दिउँसोको खाजा पनि खुवाईने समुहले जनाएको छ । समुहले चितवन र आसपासका जो कोहिले पनि आफु संग जोडिएर सहयोग गर्न सकिने बताएको छ । यसभन्दा अगाडी पनि सो समुहले स्वास्थ्य तथा सामाजीक क्षेत्रमा विभिन्न कार्य गर्दै आईरहेको छ।