play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

युरोपा लिग फुटबलमा दुई हजार दर्शकसामु आर्सनलको शानदार जित

0

मंसिर १९,चितवन । लण्डन क्लब आर्सनलले युरोपा लिगमा ¥यापिड विएनालाई पराजित गर्दै समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । यसअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको आर्सनलले ¥यापिडलाई ४(१ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको हो । आर्सनलको जितमा एलेक्जान्डर लाजाकाटेले १०औं, पाब्लो मारीले १८औं, एडवार्ड एनकेतिहले ४४औं र एमिली स्मिथ रोवेले ६६औं मिनेटमा गोल गरे । र्यापिडका लागि कोया कितागयाले सान्वना गोल फर्काए ।समूहमा पाँचौ जितपछि १५ अंकसहित आर्सनल शीर्ष स्थानमै छ ।

 

कोरोना भाइरस महामारीपछि पहिलो पटक आर्सनलले घरेलु मैदानमा दर्शकको अगाडि खेलेको हो । २७१ दिनपछि मैदानमा पहिलो पटक दर्शक उपस्थित भएका हुन् । मैदानमा दुई हजार दर्शक थिए । मास्क लगाएका उनीहरु भौतिक दुरी कायम गरी बसेका थिए । यसअघि गत मार्च ७ मा वेष्टहमलाई पराजित गर्दा पनि आर्सनलले दर्शकअघि खेलेको थियो । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले मैदानमा दर्शक फर्किँदा जित हात पार्नु विशेष राहत भएको बताएका छन् । आर्सनलसँग पराजित भएपछि ¥यापिड विएनालाई भने समूह चरण पार गर्न कठिन देखिएको छ । अर्को खेलमा मोल्डेले डुनडकलाई ३(१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । मोल्डेको ५ खेलबाट ९ अंक छ भने ¥यापिड विएनाको ६ अंक छ । समूहको अन्तिम खेलमा यी दुई खेल्दैछन् । बराबरीले पनि मोल्डेलाई समूह उपविजेता बनाउँछ भने विएनालाई स्पष्ट जितको आवश्यकता छ ।

Share.

Leave A Reply