ABOUT US

२०५८ साल कार्तिक २६ गते चितवनको सदरमुकाम भरतपुरमा स्थापित सिनर्जी एफ एम ९१.६ चितवनको पहिलो रेडियो स्टेशन हो / यसले हाल २ हजार वाटको ट्रान्समिटर बाट दैनिक २० घण्टा प्रशारण गर्दै आईरहेको छ /यस क्षेत्रको स्थानीय भाषा, जातजाति ,साहित्य कला तथा सामाजिक परिवेशलाई समेटेर समुदायको हितमा यस रेडियोले आफ्नो प्रशारणलाई केन्द्रित गर्दै आईरहेको छ / यसै गरी ब्यबसायिक रुपले स्थापना गरिए पनि सामाजिक काम पनि एफ एफ ले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ /

सूचना, संगीत अनि मनोरंजन को एउतै विकल्पको रुपमा स्थापित यस एफ एमले स्थानीयतालाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिन्छ / आम जनतालाई सुसुचित गर्ने सवाल मा राजनैतिक रुपमा निस्पक्षता यसको मुख्य धेय रहेको छ / समाजमा रहेका विभिन्न मुद्दामा रेडियो मार्फत बहसको सृजना गरि त्यसको समाधान पहिल्याउन रेडियोले महत्वपुर्ण भूमिका खेल्छ भन्ने कुरामा रेडियो सचेत छ / रेडियोको जनशक्ति ब्यबस्थापन र यसले उत्पादन तथा प्रशारण गर्ने कार्यक्रम समाबेशी चरित्रको रहँदै आएको छ / आम जन समुदायको चाहना अनुसार रेडियोका कार्यक्रमहरु परिमार्जित गर्दै रेडियोलाई अगाडी बढाउन हामी प्रतिबद्द छौ