साउन २७, राष्ट्रिय जनता पार्टी दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान सत्तारुढ दल र राजपा नेताबीच भएको छलफलमा संविधान संशोधन यही महिनाभित्रै टुंगो लागाउने र सरकारसँगको सहमतिमा राजापा निर्वाचनमा जान सहमत भएको हो।
बैठकपछि राजपाका नेता शरत्सिंह भण्डारीले आफूहरु संविधान संशोधनलार्इ तुरुन्त अगाडि बढाएर पारित गर्ने कुरामा सहमत भएको बताए।