play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भारतीय विदेश मन्त्री स्वराजद्धारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

0

साउन २६,
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटमा दुई देशबीच रहेको ऐतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी एवम् दुवै सरकारका उच्चपदस्थ अधिकारीसमेतको सहभागिता रहेको बताइएको छ ।
यस्तै
स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा पनि आजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा उहाँहरुबीच आगामी भदौ ७ गतेदेखि हुने प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा समेत छलफल भएको थियो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को मन्त्रिस्तरीय बैठकमा भाग लिन भारतीय विदेशमन्त्री स्वराज बिहीबार नेपाल आउनुभएको हो ।

Share.

Leave A Reply