play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

क्याम्पाचौरमा साढे तीन लाख राशिको फुटबल प्रतियोगिता हुँदै

0

साउन २४ ।
नारायणगढ जेसीजले आउँदो भदौ १० गते देखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । जेसीजको आयोजनामा प्रथम इ–प्लानेट जेसीज कप २०७४ फुटबल प्रतियोगिता क्याम्पाचौरमा आयोजना गर्न लागेको हो । भदौ १९ गते सम्म चल्ने प्रतियोगितामा विभिन्न १० टोलीहरुको सहभागिता रहने आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरि जानाकारी गराईएको हो । जसमध्ये सात राष्ट्रिय ए डिभिजन टिमहरुको सहभागिता रहने नारायणगढ जेसिसका अध्यक्ष बाबुराम रामदामले जानकारी दिनुभयो ।
प्रतियोगितामा सातवटा ए डिभिजन टोली नेपाल आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र एनआरटी सहित सहारा क्लब, बिरगंज युथ एकेडेमी तथा चितवन–११ को सहभागिता रहने शाखा अध्यक्ष रामदामले जानकारी दिनुभयो ।
युवा पुस्तालाई लक्षित गरेर नारायणगढ जेसीजले फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बतानउनुभयो । राष्ट्रिय स्तरको यो फुटबल प्रतियोगिता भदौ १९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम राशि तीन लाख ५० हजार र द्धितिय राशि एक लाख ७५ हजार रहेको छ ।
जिल्लामा खेलकुदको वातावरण बनाउन र त्यसलाई नयाँ उचाईमा पुराउन राष्ट्रिय टोलिलाई सहभागि गराएर प्रतियोगिता गर्न लागेको कार्यक्रम संयोजक अमृतकुमार श्रेष्ठले बताउनुभयो । प्रतियोगिताबाट उठेको नाफा रकम कुरिनटारमा रहेको जेसीज गाउँका भूकम्पपिडितलाई उनीहरुको जीवनस्तर उकास्न सहयोग गर्ने श्रेष्ठले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्नको लागि ४७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Share.

Leave A Reply