play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवनसहित देशैभर पेट्रोलियम पदार्थ खरिद रोकिने, साउन ३१ बाट पेट्रोल पम्प बन्द हुने

0

साउन २३–चितवन पेट्रोलियम डिलर्स एशोसियसन आवद्ध व्यवसायीहरुले यही साउन २६ गतेदेखि पेट्रोल खरिद नगर्ने भएका छन् । आज एशोसियनले भरतपुरमा पत्रकार सम्मेलन गरि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै पेट्रोल खरिद नगर्ने जनाएको हो ।एशोसियसनले साउन २९ गतेभित्रमा पनि माग पुरा नभए साउन ३१ गतेबाट पूर्ण रुपमा पेट्रोल पम्प बन्द गर्ने जनाएको छ । एशोसियसनका चितवन अध्यक्ष इश्वरी प्रसाद भट्टराईले सरकारसंग राखिको विभिन्न माग अझै पुरा नहुने छाँटकाट देखिएकाले केन्द्रीय समितिको आन्दोलनलाई चितवनले साथ दिन लागेको जानकारी दिनुभयो । उहाँले विक्रेताको विक्री स्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ विक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै परिमाण प्राप्त हुनुपर्ने माग रहेको बताउनुभयो । पेट्रोलियम व्यवसायीहरुले सरकार समक्ष योसंगै १२ बुँदे माग पेश गरेको छ । विगत एक वर्षदेखि माग राखेपनि सरकारले चासो नदेखाउँदा बाध्य भएर पेट्रोल पम्प बन्द गर्ने सम्मका कार्यक्रम गर्नु परेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।उहाँले आन्दोलनलाई सफल बनाउन आन्दोलन परिचालन समिति समेत गठन गरिएको बताउनुभयो । आन्दोलनका कार्यक्रम अनुसार देशैभर साउन २६ गतेसम्म पेट्रोलियम पदार्थ खरिद गर्ने, माग पुरा नभए साउन ३० गतेसम्म मौज्दात पेट्रोलियम पदार्थ विक्री गरि ३१ गतेबाट पेट्रोल पम्प पूर्ण रुपमा बन्द गराउनेसम्म रहेको छ ।शुभ पेट्रोल्याण्ड नारायणगढका संचालक सवल पियाले पेट्रोलियम व्यवसायीहरुको माग वर्षौदेखि नसुनेकोले बन्द सम्मको आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले पेट्रोल पम्पहरु घाटामा चल्नुपर्ने र आयल निगम मेटाउँदै गएकोले आयल निगमले जारी गरेको बिजक उल्लेख परिमाणकै पेट्रोलियम पदार्थ आपुर्ती हुनुपर्ने माग गर्नुभयो । आन्दोलन परिचालन समितिका सदस्य समेत रहेको संचालक पियाले सर्वसाधरण जनताले व्यवसायीको समस्या बुझिदिनेमा विश्वास व्यक्त गर्नुभयो ।चितवन र नवलपुर क्षेत्रमा गरि दैनिक ६० देखि ८० हजार लिटरसम्म पेट्रोल खपत हुने गरेको छ । एशोसियसनमा चितवन र नवलपुरमा गरि कुल ७२ जना व्यवयासी आवद्ध छन् /

Share.

Leave A Reply