play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

एमाले जनप्रतिनिधिद्धारा सपथ ग्रहण

0

साउन २३
भरतपुर महानगरपालिकामा एमाले बाट निर्वाचित जनप्रतिनिधिले सपथ लिएका छन् । आज मुख्य निर्वाचनको कार्यालयमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले सपथ ग्रहण गराउनुभएको हो । एमालेबाट निर्वाचित १२ जना वडा अध्यक्ष सहित अन्य सदस्यहरु सपथ ग्रहण लिएका थिए । विहान साढे ११ बजे सपथ लिएर जनप्रतिनिधि आ–आफनो वडामा कार्यभार समाल्न गएका छन् ।

एमाले बाट नै निर्वाचित ४ र ७ वडा अध्यक्षको पुनरावेदन अदालतमा मुद्धा परेका कारण सपथ ग्रहणमा सहभागि भएका थिएनन् । २९ वडा रहेको भरतपुर महानगरपालिकामा एमालेले १४ वटा वडामा अध्यक्ष जितेको थियो । त्यस्तै नेपाली कांग्रेशले १२ र माओवादी केन्द्रले ३ वटा वडा जितेको थियो ।

Share.

Leave A Reply