play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

भरतपुर महानगरको मेयरको परिणाम अस्वभाविक-नेकपा एमाले चितवन

0

साउन २३, नेकपा एमाले चितवनले भरतपुर महानगरको मेयरको परिणाम अस्वभाविक भएको जनाएको छ । भरतपुरस्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गरी एमालेले महानगरको वडा नः १९ को पछिल्लो मत परिणामलाई स्वभाविक मान्न नसकिने जनाएको छ ।

एमालेले षडयन्त्रपूर्वक चुनावको नाटक मञ्चन गरी लोकतान्त्रिक प्रकृयामाथि प्रहार गर्ने र खिल्ली उडाउने कार्य गरिएको दाबी गरेको छ । आफ्ना उम्मेदवार देवी ज्ञवाली२६० भन्दा बढि मतले विजयी हुने देखेर योजनावद्ध ढंगबाट मतपत्र च्यात्न लगाइएको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले मतदानको दिन सवारी पासको दुरुपयोग भएको, करोडौं बाँडिएको दाबी गर्नु भयो ।

मेयर पदका उम्मेदवार देवी ज्ञवालीले महानगरको मेयरमा जितेर पनि आफूलाई हराइएको दाबी गर्नु भयो ।

ज्ञवालीले सर्वोच्च अदालतको फैसला ढिला आउँदा समय वर्वाद भएको र त्यही मौकामा आफुबिरुद्ध सबै खालको षडयन्त्र गर्न मौका पाएको टिप्पणी गर्नु भयो ।

Share.

Leave A Reply