play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सरकारी निकायको लापरवाहीले बालिकाको ज्यान गएको भन्दै अभिभावक सडकमा

0

साउन २२ – डिभिजन सडक कार्यालय चन्द्रनिगहापुर र निर्माण व्यवसायीको लापरवाहीका कारण सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबर चार बालिकाको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले रौतहटमा चक्का जाम गरेका छन् । रौतहटको गरुडामा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर शनिबार १२ वर्षकी संगीता कुमारी साह, ९ वर्षकी मुनीता कुमारी साह, सुस्मिता कुमारी साह र सुनैना कुमारी साहको ज्यान गएको हो । घाँस काट्न गएका बेला गर्मी भएपछि खोल्डोमा नुहाउन पसेका बालिकाको डुबेर ज्यान गएको हो । बालिकाका आफन्त तथा स्थानीय बासिन्दाले सडक विभाग र निर्माण व्यवसायीको लापरवाहीका कारण बालबालिकाको ज्यान गएको भन्दै आइबार बिहानैदेखि गरुडाको राजमार्गमा शव राखेर चक्काजाम गरेका छन् । सडक विभागले डेढ किलोमिटर नयाँ सडक बनाउने क्रममा सडकको दयाँबाँया खाल्टो खनेर त्यत्तिकै छाडेको थियो । ४ दिनदेखिको वर्षाका कारण त्यो खाल्डोमा १० फिटसम्म पानी जमेको छ ।घटनापछि प्रहरीले सडक निर्माणको ठेक्का लिएका ठेकेदार प्रल्हाद साहलाई पक्राउ गरेको छ । निर्माण व्यवसायीको लापरवाही तथा विभागले अनुगमन नगरेका कारण बालिकाको ज्यान गएको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरुले दोषीलाई कारवाही तथा क्षतिपूर्तिमा माग गरेका छन् ।

Share.

Leave A Reply