साउन २१,
भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी हुनुभएको छ । नेपाली कांग्रस र माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार बन्नुभएकी दाहालले नेकपा एमालेका देवी ज्ञवालीलाई २०३ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । दाहालको पक्षमा ४३ हजार १ सय २७ मत परेको थियो भने ज्ञवालीलाई ४२हजार ९ सय २४ मत प्राप्त भएको थियो ।
यस्तै उप प्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । उहाँले ४७ कजार १ सय ९७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिद्धन्दी नकपा एमालेकी दीब्या शर्माको ३९ हजार ५ सय २५ मत रहेको थियो । भरतपुर महानगरमा १ लाख ५० हजार २ सय ७४ मतदाता संख्या रहेकोमा १ लाख १२ हजार ६ सय ८२ मत खसेको थियो ।
कुल २९ वडा रहेको भरतपुर महानगरपालिकामा १४ वटा वडामा एमाले विजयी भएको थियो । कांग्रेस १२ वटा वडामा विजयी हुँदा माओवादी केन्द्र ३ वटा वडामा विजयी भएको छ ।
भरतपुर महानगरको प्रमुखमा माओवादी केन्द्रकी दाहाल विजयी, एमालेका ज्ञवाली २०३ मतान्तरले पराजित
0
Share.