साउन २१ – पूर्व र पश्चिमका केही ठाउँमा आज बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।उहाँका अनुसार पूर्व र पश्चिमको केही ठाउँमा ठूलो पानी पर्नेछ । यसले गर्दा ति क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
आज पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविदको अनुमान
0
Share.